काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ०० अंकले घटेकोे छ ।
यो सँगै परिसूचक २ हजार ५ सय ६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज ३ सय २० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव २६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५६ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS