काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव १९ विन्दुले बढेको छ । यससँगै सूचक २६४० दशमलव ११ विन्दुमा आएको छ ।
यस अवधिमा ६ लाख ६९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा २५ कम्पनीको १ हजार ५ सय २ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा ९ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS