काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से आज ९ दशमलव १९ अंकले घटेको छ । यो सँगै परिसूचक २ हजार ६ सय १७ दशमलव ९५ विन्दुमा पुगेको छ ।
आज ३ सय २० कम्पनीको ११ करोड १३ लाख ४ हजार १ सय ७८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २४ लाख ८७ हजार ८ सय ६४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ३४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४२ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९७ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS