काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ०१ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ९ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको हो । आज ३ सय ३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७ सय २० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६५ लाख २० हजार ८५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २० प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ७० प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९१ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS