काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २ हजार ६३५.०९ विन्दुमा आइपुगेको हो । नेप्से सूचक घटे पनि कारोबार रकम भने बढेको छ ।धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०८ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयर किनबेचहुँदा ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनीमा सुपरमादी हाइड्रो पावर, सिनर्जी पावर डेभलपमेन्ट, सिन्धु विकास बैंक, हिमालयन पावर पाटर्नर र एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्टको १७ करोड ५५ लाख रुपैयाँदेखि ४४ करोड ८८ लाख रुपैयाँसम्म कारोबार भएको छ । यो दिन बाराही हाइड्रो पावर,हिमालयन पावर पार्टनर,रिभरफल्स, न्यादी ग्रुप पावर कम्पनीको ८.११ प्रतिशतदेखि १० प्रतिशतसम्मले सर्किट लागेको छ ।
घटेको बजारमा सबैभन्दा धेरै गुमाउने कम्पनीमा सप्तकोशी डेभलपमेन्ट बैंक,माया खोला हाइड्रो पावर,सामुदायिक लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स र पोखरा फाइनान्सको ५.६० प्रतिशतदेखि ९.२३ प्रतिशतसम्मले घटेको छ ।
FACEBOOK COMMENTS