काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६९ विन्दुले बढेको छ । यससँगै सूचक २५९६ दशमलव ८२ अंकमा आएको छ ।
यस अवधिमा ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS