काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३ दशमलव १४ अंक बढेको छ ।
आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ बराबरको १ करोड ५६ लाख कित्ता शेयर खरिद विक्री भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका कम्पनीमध्ये ८१ कम्पनीको शेयरमूल्य बढ्दा १५८ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ ।
FACEBOOK COMMENTS