काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३.३५ अङ्कले बजार बढेको हो । यो सँगै नेप्से परिसूचक दुई हजार ७५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।
आज दुई करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर एक लाख तीन हजार २६२ पटक खरिदबिक्री हुँदा ११ अर्ब आठ करोड ५४ लाख ६४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS