काठमाडौं । शेयर बजार घट्नेक्रमले यो साता पनि निरन्तरता पाएको छ । पछिल्लो तीन दिनमा नेप्से सूचक ९९ दशमलव २२ अंकले घटेको छ।
आइतबार नेप्से सूचक ४६ दशमलव ३३ अंकले घटेर २७७२ दशमलव १० अंकमा अडिएको थियो ।
सोमबार नेप्से २० दशमलव ६८ अकंले घटेर २७५१ दशमलव ४२ बिन्दुमा कायम भएको थियो । ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको थियो ।
त्यसैगरि मंगलबार आज नेप्से सूचक ३२ दशमलव २१ अंकले घटेर २७१९ दशमलव २० अंकमा आएको छ । ८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढिको शेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
यसअघि बजार निरन्तर ९ दिन बढेको थियो । त्यसपछि बजार करेक्सनमा गएको हो । जसरी बजार बढेको थियो लगभग करेक्सन पनि त्यसैगरी भइरहेको देखिन्छ ।
शेयर बजार निरन्तर घट्दा यतिबेला फन्डामेन्टल आधार निकै राम्रा भएका कम्पनीहरको मूल्यसमेत घटेको छ । घटेको मूल्यमा खरिद गर्न सक्दा लाभ बढी र जोखिम कम गर्न सहयोग पुग्न सक्छ । धेरै अनुभवी लगानकिर्ताले घटेको बजारलाई अवसरका रुपमा प्रयोग गरिरहेका हुन्छन् । तर बजार कम अनुभव भएकाहरुले भने हतारिएर बिक्री गर्ने गरेको पाइन्छ ।
पछिल्ला दिनहरुमा देखिएको राजनीतिक अस्थिरताले बजार केही असर गरेकाे अनुमान गरिएको छ । राजाको सडक प्रदर्शनले राजनीतिक अन्योलता केही बढाएको छ ।
FACEBOOK COMMENTS