काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ३९ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६३ दशमलव ३८ विन्दुमा पुगेको छ । आज ३ सय कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ०१ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ७३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ९९ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ७२ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS