काठमाडौं । साताको पहिलाे कारोबार दिन आज नेप्से परिसूचकमा उच्च गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज ५४ दशमलव ६२ अङ्कले बजार घटेको छ । योसँगै नेप्से परिसूचक दुई हजार ६१४ दशमलव ६८ विन्दुमा ओर्लिएको छ ।
नेप्से परिसूचकमा निरन्तर गिरावट आउँदा कारोबार रकममा पनि उच्च गिरावट आएको छ ।
आज आइतबार कुल ३१७ कम्पनीको १ कराेड २३ लाख ७१ हजार २८० कित्ता शेयर ७२ हजार २६५ पटक खरिदबिक्री हुँदा कुल ६ अर्ब ३२ करोड ०१ लाख ४१ हजार ३६५ रुपैयाँबराबरको कारोबार भएको छ ।
४२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
FACEBOOK COMMENTS