काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २६ दशमलव ०१ अङ्कले वृद्धि भइ दुई हजार ६४० दशमलव ७८ विंदुमा उक्लिएको छ ।
आज ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा ४ अर्ब, ४८ करोड ३५लाख ९९ हजार ०४ रुपैयाँबराबरको कारोबार भएको छ । आज नेप्से ० दशमलव ९९ प्रतिशतले बढेको हो ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बीमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य आज सबैभन्दा धेरै नौ दशमलव ५१ प्रतिशतले बढ्को छ ।
सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।
यसअघि १४ दिनको कारोबारमा १३ दिन बजार घटेको थियो । निरन्तर अनि एकोहोरो ढंगले नेप्से घटेपछि सर्वसाधारण लगानीकर्ता त्रसित भएका थिए । सामान्यतयः बजार यसरी एकोहोरो घट्ने गरेको कमै मात्र देखिन्छ ।
FACEBOOK COMMENTS