काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९ अंकले धटेको छ ।
यो सँगै परिसूचक २ हजार ५ सय ८४ दशमलव ८८ विन्दुमा पुगेको छ ।
आज ३ सय २५ कम्पनीको १ कराेड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८ दशमलव ०९ रुपैयाँको कारोबार भएको छ ।
२३ करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।
FACEBOOK COMMENTS