काठमाडाैं । बुधबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१.४८ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २२७ कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँको कारोबार भएको छ ।
बुधबार कारोबार भएका कम्पनीमध्ये ५० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । जसमध्ये ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । त्यसैगरी यस दिन १८ कम्पनीकाे शेयर मूल्यमा गिरावट आएको छ ।
आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक ५.९३ प्रतिशत बढेको छ भने ट्रेडिङ समुह ५.७५ प्रतिशत बढेको छ ।
लगातार ओरालो लागिरहेको बजार पछिल्लो दिनहरुमा बढन थालेको छ । यसअघि मंगलबार पनि बजार २१.३० अंकले वृद्धि भएको थियो ।
FACEBOOK COMMENTS