काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज ३९ दशमलव १३ अंकले बढेकाे छ ।
यो सँगै परिसूचक २ हजार ६ सय २३ दशमलव २१ विन्दुमा पुगेको छ ।
आज ३ सय १७ कम्पनीको ९१ लाख ४२ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ४४ लाख ८ हजार ८ सय ९४ दशमलव ९ रुपैयाँको कारोबार भएको छ ।
४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स परेका छन् ।
FACEBOOK COMMENTS