काठमाडाैं । लगानीकर्ताको आशंका र त्रासलाई चिर्दै आइतबार बजारले सकारात्मक सन्देश दिएको छ।
शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अंकले बढेकाे छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ९५ दशमलव ५५ विन्दुमा पुगेको छ ।
आज ३ सय २३ कम्पनीको एक कराेड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १ सय ९७ दशमलव ३७ रुपैयाँको कारोबार भएको छ ।
६९ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।
FACEBOOK COMMENTS