काठमाडौं । आज नेप्से परिसूचकमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज १६ दशमलव ९५ अङ्कले बजार घटेको छ । योसँगै नेप्से परिसूचक दुई हजार ६७७ दशमलव ५५ विन्दुमा ओर्लिएको छ ।
आज कुल ३२० कम्पनीको १ कराेड ६ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा कुल पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० दशमलव १४ रुपैयाँबराबरको कारोबार भएको छ ।
६४ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र सीइडीबी होल्डिङ्स परेका छन् ।
FACEBOOK COMMENTS