काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ४४ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ६६ दशमलव ०१ विन्दुमा पुगेको छ ।
आज ३ सय २१ कम्पनीको १ करोड ६ लाख ४३ हजार ४ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९ सय ९७ रुपैयाँको कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । ६ वटा समूहका सूचक बढेका छन् ।
५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
FACEBOOK COMMENTS