काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक मंगलबार पनि दोहोरो अंगले घटेको छ । आज परिसुचकसँगै कारोबार रकम पनि घटेको छ ।
दसैँको बिदापछि भएको पहिलो कारोबारमा बजार ४६ अंकले बढेको थियो । त्यसपछिको लगाता दोस्रोदिनसम्म बजार घटेको छ ।
दसैँ बिदापछि मंगलबारसम्म भएको ३ दिन कारोबार भएको छ । जसमा सोमबार र मंगलबार बजार घटेको छ ।
आज मंगलबार १६.०६ अंकले घटेर बजार १८५५.१६ अंकमा ओर्लिएको छ ।
आज २२९ कम्पनीको १७ लाख ६७ हजार ६९२ कित्ता शेयर किनबेचबाट कुल ५५ करोड २७ लाख १२ हजार ८८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ भने दोस्रो धेरै कारोबार हुनेमा नेपाल लाईफ इन्स्युरेन्सको शेयर रहेको छ । तेस्तै, हिमालयन पावर पर्टनर, रिदि पावर कम्पनी र नेपाल टेलिकमको शेयर कारेबार क्रमश तेस्रो, चौंथो र पाँचौ नम्बरमा रहेको छ ।
FACEBOOK COMMENTS