काठमाडौं । लामो समयदेखि साइडवेजमा रहेकाे नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेकाे छ ।
आज नेप्से २७ दशमलव २९ अङ्क अर्थात् १ दशमलव ०३ प्रतिशतले बढेर दुई हजार ६५७ दशमलव १९ विन्दुमा कायम भएको हाे ।
आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका १ करोड ७५ लाख १ हजार ८०२ कित्ता शेयर ७८ हजार ४८४ पटक किनबेच हुँदा ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३ सय १९ दशमलव ६२ मा किनबेच भएकाे छ ।
६२ करोड २८ लाख रुपैयाभन्दा बढीसहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर परेका छन् ।
FACEBOOK COMMENTS