काठमाडौं । नेपालको शेयर बजार अपेक्षाकृत ढङ्गबाट बढ्न सकिरहेको छैन ।
आज पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से २४ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६२९ दशमलव ८ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१४ कम्पनीका २ करोड ९४ लाख १५ हजार४०७ कित्ता शेयर १ लाख २१ हजार ५सय ५१ पटक किनबेच हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
८५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सिंगटी हाइड्रो इनर्जी परेका छन् ।
हाल बजारमा पर्याप्त तरलता छ र बैंकहरूका ब्याजदर पनि घट्दो क्रममा रहेका छन्। साथै, नीतिगत पक्षहरू पनि अपेक्षाकृत सहज बन्दै गइरहेका छन् । तर, यी सकारात्मक पक्षहरूले लगानीकर्ताको मनोबलमा उल्लेख्य सुधार ल्याउन सकेका छैनन् ।
विशेषगरी, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था र तिनीहरूले दिने सम्भावित लाभांश लगानीकर्ताका लागि प्रमुख चिन्ताको विषय बनेको छ । असार मसान्त नजिकिँदै गर्दा लगानीकर्ताहरूले कम्पनीहरूको वार्षिक वित्तीय प्रतिवेदन प्रतिक्षा गरिरहेका छन् ।
विगतमा धेरै कम्पनीहरूले लाभांश वितरण क्षमतामा ह्रास भोगेका कारण अहिले पनि तिनको आर्थिक अवस्था प्रति लगानीकर्ताहरू सशंकित देखिन्छन् । यही कारणले पनि सेयर बजारमा हाल नकारात्मक दबाब कायम रहेको विश्लेषकहरूको भनाइ छ ।
FACEBOOK COMMENTS