काठमाडौं । नेप्से परिसूचकमा आज बढेको छ ।
आज नेप्से २६ दशमलव ५३ अंकले बढेर २६२२ दशमलव २८ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर ७ अर्ब १२ करोड १७ लाख ३६ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने विन्ध्याबासिनी हाइड्रोको शेयर ८ दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५ दशमलव ५७ प्रतिशतले घटेको छ युनिलिभरको शेयर मुल्य ३ दशमलव ४९ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ५७ करोड ८६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS