काठमाडौं । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ । आज नेप्से २ दशमलव ४० अंकले बढेर २७०६ दशमलव ३६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ९ अर्ब ५० करोड ३ हजार २६८ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज नेपाल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयर मुल्य ७.३६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज गुडविल फाइनान्सको डिभेन्चरको सेयर मुल्य ८दशमलव ८७ प्रतिशतले घटेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य ८ दशमलव ५८ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ४९ करोड ४० लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS