काठमाडौं । नेप्से परिसूचकमा आज सामान्य गिरावट भएको छ ।
आज नेप्से ० दशमलव १४ अंकले घटेर २६८३ दशमलव ८६ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०४ कम्पनीका १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् ।
FACEBOOK COMMENTS