काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । यसदिन १४.४८ अंकले घटेर बजार १८८२.६० काे विन्दुमा राेकिएकाे छ ।
बिहिबार बजार घटेपनि काराेबार रकममा भने सुधार देखिएकाे छ । आज १ अर्ब १९ कराेड २६ लाख १६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
जसमध्य नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रोमोटरकाे सबैभन्दा धेरै २२ कराेड ८७ लाख ४२ हजार रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । त्यसैगरी सिवम् सिमेन्टकाे ९ कराेड ३१ लाख ४९ हजार, नेपाल लघुविमाकाे ६ काराेड ३९ लाख ९४ हजार, नेपाल टेलिकमकाे ५ कराेड ३३ लाख ८५ हजार र नबिल बैंककाे ४ कराेड ७२ लाख ५५ हजार रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ ।
आज रूरू जलविद्युत परियाेजना र इष्ट्रन हाइड्राेपावरकाे शेयर मूल्यमा सकरात्मक सर्किट लागेकाे छ । यसदिन रूरू जलिविद्युतकाे शेयर मूल्य ९.९९ प्रतिशतले र इष्ट्रन हाइड्राेपावरकाे शेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ ।
परिसुचक घटेपिन यस दिन ४० कम्पनीकाे शेयरकाे भाउ बढेकाे छ। यस्तै बिहिबार १८७ वटा कम्पनीकाे शेयर मूल्य घटेकाे छ । यस दिन पिपुल्स हाइड्राेपावर कम्पनीकाे शेयर मूल्यमा नकरात्मक सर्किट लागेकाे छ । यस कम्पनीकाे शेयर मूल्य १० प्रतिशतले घटेकाे हाे ।
FACEBOOK COMMENTS