काठमाडौं । नेप्से परिसूचकमा आज पनि दाेहाेराे अंकले बढेकाे छ ।
आज नेप्से २५ दशमलव ८९ अंकले बढेर २७३१ दशमलव ०८ विन्दुमा कायम भएको हाे ।
आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार ४८० कित्ता शेयर ८८ हजार ६ सय १५ किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ काे काराेबार भएकाे छ ।
गत सातादेखि शेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
आगामी मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको वित्तीय विवरण पनि सकारात्मक आएमा बजारले थप गति लिन सक्ने लगानीकर्ताको आशा छ ।
५७ करोड ५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा परेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सानिमा बैंक लिमिटेड रहेका छन् ।
FACEBOOK COMMENTS