काठमाडौं । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आज नेप्से परिसूचकमा दोहोरो अंकले बढेको छ ।
आज नेप्से २९ अंकले बढेर २७६० दशमलव ०८ विन्दुमा कायम भएको हो ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर १ लाख ५ हजार ४१५ पटक किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६६ काे काराेबार भएको नेप्सेले जनाएको छ ।
आज एनआइसी एसिया बैंकको शेयर मुल्य सबैभन्दा बढी ९ दशमलव९९ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको सेयर मुल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै जीवन विकास लघुवित्तको सेयर मुल्य ९ दशमलव ६१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज हिमालयन हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९दशमलव ९३ प्रतिशतले घटेको छ भने राप्ती हाइड्रोको सेयर मुल्य ७.३४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआइसी एसिया बैंकको ३७ करोड १४ लाख तथा बुटवल पावरको ३२ करोड ८५ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।
FACEBOOK COMMENTS