काठमाडाैं । साताकाे दाेस्राे काराेबार दिन आज नेप्से परिसुचक घटेकाे छ ।
आज नेप्से ३५ दशमलव ०९ अंकले घटेर २७२५ दशमलव ७१ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५ दशमलव ९० प्रतिशतले बढेको छ ।
त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ४ दशमलव ४६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS