काठमाडाैं । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से ३४ दशमलव ४६ अंकले बढेर २७६० दशमलव १७ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सुपर मादी हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ८ दशमलव ०८ प्रतिशतले बढेको छ भने राप्ति हाइड्रोको शेयर ५ दशमलव ८६ प्रतिशतले बढेको छ । त्यस्तै आज भगवती हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ४ दशमलव ६४ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ५२ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS