काठमाडाैं । नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उछाल मारेकाे छ ।
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ ।
नेप्से ७९ दशमलव ८२ अंकले बढेर २८७४ दशमलव ८२ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS