काठमाडौं । नयाँ आर्थिक वर्षको दोस्रो कारोबार दिन आज नेप्से परिसूचकमा सामान्य करेक्शन देखिएकोछ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ० दशमलव ३२ अङ्कले नेप्से परिसूचक बढेकाे छ ।
नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने पाँच अर्ब रुपैयाँले बढेको छ ।
अघिल्लो कारोबार दिन गत बिहीबार १६ अर्ब रुपैयाँको कारोबार भएकामा आज उक्त रकम बढे २१ अर्ब रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्सेसहित सबै उपसूचकहरू घटेका छन् । १३ मध्ये ८ वटा समूह घटेका छन् भने ५ वटा बढेका छन् ।
FACEBOOK COMMENTS