काठमाडौं । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ ।
आज नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर १८ अर्ब ४९ करोड चार लाख २८ हजार ७९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ग्रीन भेन्चर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज मन्जुश्री फाइनान्स डिभेन्चरको शेयर ४.२२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार राधी विद्युत् कम्पनीको ७७ करोड २१ लाख बराबरको र ङादी ग्रुप पावर लिमिटेडको ७१ करोड १९ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
विगत सात कारोबार दिनयता नेप्से निरन्तर बढिरहेको छ । असार ३२ देखि आज साउन ८ गतेसम्म आइपुग्दा नेप्से २२२ अङ्कले बढेको छ । अन्तिम तीन दिनयता कारोबार रकम भने घट्दै गइरहेको छ । गत मंगलबार २० अर्ब रुपैयाँ बरारबरको शेयर कारोबार भएकामा बुधबार १९ अर्ब ५७ करोड र आज १८ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ ।
FACEBOOK COMMENTS