काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयरबजारमा दोहोरो अङ्कको करेक्शन आएको छ ।
आज १८.४४ अङक्ले घटेर नेप्से परिसूचक दुई हजार ९६४ दशमलव २० विन्दुमा झरेको छ ।
आज कूल ३२३ वटा कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६८५ पटक खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार १८ अर्ब ४९ करोड भन्दा बढीको कारोबार भएको थियो । त्यस अधारमा आज कारोबार रकममा उच्च वृद्धि भएको हो ।
आज नेप्से सूचक ३०१३ पुगेर २९६४ विन्दुमा फर्किएको हो ।
यसअघिका सात कारोबार दिन असार ३२ देखि साउन ८ गतेसम्म निरन्तर २२२ अङ्कले बढेको थियो ।
FACEBOOK COMMENTS