काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयरबजारमा सामान्य गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २.०७ अङ्कले बजार घटेर नेप्से सूचक दुई हजार ९६२ दशमलव १३ विन्दु कायम भएको छ ।
आज कूल ३२१ वटा कम्पनीको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन २६ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । त्यस आधारमा आज कारोबार रकममा ठूलो उतारचढाव आएको हो ।
आज समता घरेलु लघुवित्तको सबैभन्दा बढी ९.९९ प्रतिशत, सान्भी इनर्जीको ९.९२ प्रतिशत र ट्रेड टावर लिमिटेडको सेयर ९.५३ प्रतिशतले बढेको छ । त्यस्तै बिन्ध्याबासिनी हाइड्रोको शेयर मूल्य ८.४९ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको ९२ करोड ५७ लाख ८२ हजार बराबरको र हिमालयन डिस्ट्रिलरीको ७८ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS