काठमाडौं । नेप्से परिसूचक ३ हजार पार भएको छ ।
आज मंगलबार ३०.७६ अंकले बढेर आज ३००२.०७ विन्दुमा पुगेको हो ।
नेप्से २०७८ को भदौमा २ गते ३१९८ विन्दुमा पुगेको किर्तिमान रहेको छ । यस अघि गत बर्ष साउन ३० गते ३०००. ८१ विन्दुमा पुगेर घट्न शुरु भएको थियो ।
आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
अघिल्लो कारोबार दिन सोमबार कूल ३२१ वटा कम्पनीको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर एक लाख ७० हजार ७२६ पटक खरिदबिक्री हुँदा १९ अर्ब ३६ करोड आठ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज मुक्तिनाथ कृषि कम्पनि, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै नदीप लघुवित्तको सेयर मुल्यमा ९.९९ बढेको छ ।
त्यस्तै आज समता घरेलु लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ८.६० प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाखको र ग्रीन भेन्चरको ६३ करोड ८२ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS