काठमाडौं । आज बुधबार शेयर बजारमा कबिर ४८ अंकको पहिरो गएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार ३००२ विन्दुमा उक्लिएको बजारमा आज ४७.९३ अङ्कको गिरावट आएको हो । यो सँगै नेप्से परिसूचक दुई हजार ९५४ दशमलव १४ विन्दुमा झरेको छ ।
आज कूल ३२७ वटा कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाल ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको शेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि घटेको छ । हिजो १८ अर्ब ५२ करोडको कारोबार भएकामा आज १६ अर्ब ४४ करोडको मात्रै कारोबार भएको छ ।
FACEBOOK COMMENTS