काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजारमा भीषण पहिरो गएको छ ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज बजार ६३ दशमलव ७३ अङ्कले घटेर नेप्से परिसुचक दुई हजार ८५८ दशमलव ९० विन्दुमा झरेको छ ।
नेप्सेमा भीषण पहिरो जाँदा कारोबार रकम १३ अर्ब रुपैयाँमा खुम्चिएको छ । आज कूल ३१९ वटा कम्पनीका तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा जम्मा १३ अर्ब सात करोड पाँच लाख चार हजार ९२० रुपैयाँबराबरको कारोबार भएको छ ।
आज ट्रेड टावर लिमिटेड र शिव श्री हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने थ्री स्टार हाइड्रोको शेयर ४.५५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सान्भी इनर्जीको शेयर ९.९९ प्रतिशतले घटेको छ भने समता लघुवित्तको शेयर ९.९६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको लिमिटेडको ७५ करोड ३९ लाख र हिमालयन रिइन्सुरेन्सको ७१ करोड १५ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS