काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज सोमबार शेयर बजार दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ विन्दुमा रोकिएको छ ।
नेप्से परिसूचक केही सम्हालिए पनि कारोबार रकम घट्ने क्रम निरन्तर जारी छ । आज कूल ३२५ वटा कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्तना शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा जम्मा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ रुपैयाँ कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार कूल ३१९ वटा कम्पनीका तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा जम्मा १३ अर्ब सात करोड पाँच लाख चार हजार ९२० रुपैयाँबराबरको कारोबार भएको थियो ।
आज थ्री स्टार हाइड्रोको शेयर सबैभन्दा बढी ६.८९ प्रतिशतले बढेको छ भनेमोलिंग हाइड्रोको शेयर ५.४९ प्रतिशतले बढेको छ । त्यस्तै आज ट्रेड टावर लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको लिमिटेडको ५५ करोड ९६ लाख र शिभम सिमेन्टको ४३ करोड ६४ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

शेयर बजारमा भीषण पहिरो, कारोबार रकम १३ अर्बमा खुम्चियो