काठमाडौं । शेयर बजारका सबै सूचकहरू आज उत्साहजनकरूपमा बढेको छ ।
नेपा स्टक एक्स्चेञ्ज (नेप्से) का अनुसार आज मंगलबार शेयर बजार ५८.६३ अंकले बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक दुई हजार ६८२ दशमलव २५ विन्दुमा उक्लिएको छ ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । ३२८ कम्पनीको एक करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ६७ हजार ३८२ पटक खरिदबिक्री हुँदा जम्मा पाँच अर्ब २९ करोड २७ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन गत आइतबार नौ अर्ब १७ करोड रुपैयाँ बराबरका शेयर कारोबार भएको थियो ।
आज सबै समूहको शेयर बढेर हरियाली छाएको छ ।
FACEBOOK COMMENTS