काठमाडौं । शेयर बजारको ओरालो यात्रा आज पनि निरन्तर काय रह्यो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज १४ दशमलव ४५ विन्दुले घटेर नेप्से परिसूचक दुई हजार ६६० दशमलव ०२ विन्दुमा ओर्लिएको छ ।
आज ३३८ वटा कम्पनीको एक करोड सात लाख ७७ हजार ५८२ कित्ता शेयर ७२ हजार ९१७ पटक खरिदबिक्री हुँदा कूल चार अर्ब, ४१ करोड, ८६ लाख ७ हजार ४८६ रुपैयाँ बराबराको कारोबार भएको छ ।
आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ ।
आज, सबैभन्दा बढी टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुंग हाइड्रोको शेयर १४.६९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको २९ करोड ६२ लाख बराबर कारोबार भएको छ भने सोपान फार्माको १७ करोड २२ लाख बराबरको कारोबार भएको छ ।