काठमाडौँ– नेप्से सूचक प्रि ओपन सेसनमा ० दशमलव ९९ विन्दुले बढेको छ । यससँगै सूचक १८५० दशमलव ७९ विन्दुमा आएको छ । २ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS