काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको सुधार भएको छ ।
बुधबार सेयर बजार परिसूचक नेप्से ९ दशमलव २४ अंकले बढेर १९ सय ६७ दशमलव ९७ विन्दुमा उक्लिएको छ । अघिल्लो दिन मंगलबार नेप्से सूचक १७ दशमलव ५६ अंकले घटेर १९ सय ५८ दशमलव ७२ अंकमा झरेको थियो ।
तथापि, आज नेप्से सूचक बढेपनि कारोबार भने घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको ४३ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
अघिल्लो दिन २७ अंकले नेप्से घटेको बजारमा १ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज बैंकिङ समूहको उपसूचक झिनो प्रतिशतले घट्न पुगेको छ भने बाँकी १२ वटा उपसूचक धनात्मक भएका छन् । आज सबैभन्दा बढी होटेल तथा पर्यटन समूहको उपसूचक १ दशमलव ४२ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको १ दशमलव ३७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १ दशमलव ०४ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS