काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको विवरण माग गरेको छ । नेप्सेले संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण माग गरेको हो । नेप्सेका अनुसार धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीले प्रत्येक त्रैमासिक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकोले चौथो त्रैमासको वर्गिकरणका लागि आवश्यक विवरण पठाउन भनेको छ । विवरण भने साउन १७ गतेसम्म पठाईसक्नुपर्ने छ ।
FACEBOOK COMMENTS