काठमाडौँ । आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार ४।८३ अंकले बढेर २७६६।०९ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२२ कम्पनीका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सबैभन्दा बढी विकास हाइड्रोको शेयर ९।९९ प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको ८।६१ प्रतिशतले बढेको छ । त्यस्तै आज कुमारी सबल योजनाको शेयर सबैभन्दा बढी ३।६६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४८ करोड ९५ लाख र हिमालयन रिइन्सुरेन्सको २१ करोड ७१ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS