काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा बन्द भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ। बिहीबार १३ अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आज १५ अर्ब ३ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३३ वटा धितोपत्रको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १० कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ। यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
परिवर्तनको मार्गचित्रसहित नयाँ सरकार गठन भए पनि आज पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

नयाँ सरकार बने पनि पूर्वप्रधानमन्त्री र गृहमन्त्रीमाथि भएको धरपकड, त्यसविरुद्ध सुरू भएको आन्दोलन तथा लगानीकर्ताले नाफा ‘बुक’ गर्न खोज्दा बजार घटेको विश्लेषण गरिएको छ ।

FACEBOOK COMMENTS