काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा बन्द भएको छ।
नेप्से घटेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ११ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ११ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३० वटा धितोपत्रको दुई करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर किनबेच भएको हो। आइतबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १६८ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।
यसदिन सुपर माइ हाइडमा सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शन, सुपर माइ हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९३१ रूपैयाँ ७० पैसा पुगेको छ। यस्तै, रिडी पावरको मूल्य ९.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २८९ रूपैयाँ ९० पैसा पुगेको छ।

यसैगरी, कालिन्चोक दर्शनको मूल्य सर्वाधिक घटेको छ।

FACEBOOK COMMENTS