काठमाडौँ । नेप्से आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४७ कम्पनिका एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ मा कारोबार भएको थियो । आज होटल्स क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सुर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, शिखर पावरको को शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी डोल्टी पावरको शेयर ८.७१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ३७ करोड ७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३० करोड १९ लाख बराबरको कारोबार भएको छ ।