काठमाडौं । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२२ कम्पनिका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा कारोबार भएको थियो ।
आज फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज बोटलर्स नेपालको शेयर ३.९६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६२ करोड ४३ लाखको कारोबार भएको छ भने शिभम सिमेन्टको २६ करोड ७५ लाख बराबर कारोबार भएको छ ।

FACEBOOK COMMENTS