काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक ३.६९ अंकले बढेर २६१६.१२ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ९३ वटा स्टक्सको ३८ हजार ५६९ कित्ता सेयर १ करोड ८२ लाख ५२ हजार ३९४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३७ वटा स्टक्सको मूल्य बढ्दा ४६ वटाको घट्यो। बाँकी १० स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।