काठमाडौं। यो साता नेप्से परिसूचक ६७ अंक बढीले बढेको छ । गत साताको तुलनामा ६७ दशमलव ६८ अंकले बढेको हो । यो ३.६३ प्रतिशत हो ।
गत साता १८६६ दशमलव ७९ विन्दुमा रहेको नेप्से ६७ दशमलव ६८ अंकले बढेर १९३४ दशमलव ४७ विन्दुमा पुगेको हो ।
साताको ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार उकालो लागेसँगै समग्र नेप्सेमा बढेको हो । यो साता बजारलाई ब्याजदर घट्ने सूचनाले प्रभावित पारेको थियो ।
वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से ९२.२२ अंक बढेको थियो ।
यो हप्ता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ९६ करोडको शेयर कारोबार भएको थियो ।
यो हप्ता १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको छ । गत हप्ताको तुलनामा यो हप्ता दैनिक औषत कारोबार रकम ३८.४६ प्रतिशतले बढेको हो ।
यस साता दैनिक औषत कारोबार संख्या ५०.१० प्रतिशत बढेको छ भने दैनिक औषत शेयर संख्या ४०.४७ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण ४ प्रतिशतले बढेको छ ।
गत हप्ता २७ खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो हप्ता १ खर्ब ९ अर्ब रुपैयाँ बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । यो हप्ता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशत बढेको छ ।
त्यसैगरी, यस साता वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस साता सबैभन्दा कम १.८८ प्रतिशत घटेको छ ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २७१.९८ अंक बढेको छ ।
FACEBOOK COMMENTS